२०८३ साउन ३, आइतवार
  • Pramesh Tamu ३ हप्ता अगाडि

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट पारित गरेपछि मधेसमा आन्दोलनको तयारी सुरु भएको छ ।

आज (शनिबार) मधेसकेन्द्रित दलका नेता तथा केही नागरिक अगुवाहरूले बैठक बसी आन्दोलनमा जाने निर्णय गरेका छन् । 

बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, जसपा नेपालका नेता राजकिशोर यादव, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सन्तोष मेहता र रामकुमार शर्मालगायत नेताहरू तथा केही नागरिक अगुवाहरूको उपस्थिति थियो 

‘आन्दोलनका लागि छुट्टै संगठन बनाइने तर त्यो राजनीतिक दल हुने छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘राजनीतिक दलले भन्दा पनि एउटा छुट्टै गैरदलीय संगठन बनाएर आन्दोलन गरिनेछ, जसमा राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरू रहने छन् ।’

रास्वपा पहिलेदेखि नै संघीयताविरोधी पार्टी भएको र अहिलेको महाधिवेशनले त्यसलाई पुष्टि गरेको नेताहरूको भनाइ छ ।

संघीयता जोगाउनका लागि दलभन्दा माथि उठेर आन्दोलनमा जानुपर्ने र उक्त आन्दोलनमा हरेक पार्टीका व्यक्ति तथा नागरिक समाजलगायत क्षेत्रलाई जोड्ने योजना नेताहरूले बनाएका छन् । आन्दोलनको अगुवाइ कसले गर्ने र संगठनको नाम के राख्ने भन्ने विषय अझै तय भइसकेको छैन, तर गैरराजनीतिक रूपमा आन्दोलनमा जानुपर्ने सहमति भएको ती नेताले बताए । 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ
साझा बसलाई पार्टीकरण गर्दै ब्लुबस बनाउने तयारीमा सरकार