२०८३ साउन ३१, आइतवार
  • Shyam chhetri ३ वर्ष अगाडि

सांकेतिक तश्वीर

षड्यन्त्र गरेर मारिएको आफन्तको आरोप

 

तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा निधन भएको छ ।

मङ्गलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीको बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको निधन भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा किशोरीको बुवा गम्भीर घाइते भएका थिए । त्सयपछि सिन्धुली जिल्ला अस्पताल पुर्‍याइएका उनको निधन भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । ट्याक्टर चालक भने सामान्य घाइते भएको र उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् ।

उता मृतकका आफन्तले भने किशोरीको बुवालाई षड्यन्त्र गरी मारिएको आरोप लगाएका छन् । किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए ।

मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।