२०८३ साउन ३१, आइतवार
  • Shyam chhetri ३ वर्ष अगाडि

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।

त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै जाजरकोट र रुकुम पश्चिम पुगेर फकिनु भएका आयोगका सदस्य मिहिर ठाकुरले यस्तो आग्रह गर्नु भएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँग कुरा गर्दै उहाँले तत्काल चिसोबाट जोगाउन नसकिए त्रिपालमुनि बसेकाहरुको अझ धेरै ज्यान जानसक्ने बताउनु भयो ।

त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला, वृद्धवृद्धा तथा बिरामीलाई दाउरा, न्यानो कपडा, औषधिको आवश्यक देखिएको ठाकुरले जानकारी दिनुभयो । जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको उहाले बताउनु भयो ।

केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन पनि उहाँको आग्रह छ ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।