२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।

प्रचण्डको सचिवालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’

प्रचण्डले सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको बताएका छन् ।

‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?’ प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी विज्ञप्ति जारी गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।