२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

नेकपा एमालेले चितवनमा दसौं महाधिवेशनको भव्य उद्घाटन गरेको छ।

मञ्च व्यवस्थापनदेखि, गैंडाको मस्कट अनि ठूलाठूला डिस्प्ले राखेर एमालेले महाधिवेशनलाई भव्य तुल्यायो। चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महाधिवेशन गरेको यो नै पहिलोपटक हो।

यसअघि विद्यार्थी संगठन र विभिन्न संस्थाका अधिवेशन भए पनि चितवनमा यति ठूलो राजनीतिक जमघट पहिलोपटक भएको हो।

उपस्थितिका हिसाबले चितवनको इतिहासमै एमाले महाधिवेशन अहिलेसम्मकै धेरै मान्छे उपस्थित भएको कार्यक्रम समेत बनेको दाबी गरिएको छ।

एमालेले महाधिवेशनमा ५ लाख मानिस उतार्ने दाबी गरेको थियो। दाबी अनुसार नभए पनि झण्डै २ लाख मानिस उपस्थित भएको स्थानीयको आकलन छ।

ट्राफिक प्रहरी स्रोतका अनुसार शुक्रबार दुई हजारभन्दा बढी ठूला सवारी साधन, करिब १० हजार वटा मझौला तथा साना सवारी साधन र पाँच हजार बढी मोटरसाइकल महाधिवेशनका लागि चितवन प्रवेश गरेका थिए।

चितवन बाहिरका जिल्लाबाट डेढ लाख र चितवनबाट ५० हजार मानिस उद्घाटन समारोहमा सहभागी भएको अनुमान छ।

यसअघि राजनीतिक दलका सभामा ३० देखि ५० हजारसम्म मानिस भेला भएको बताइएको छ।

त्यस्तै, प्रतिनिधि सभा विघटनपछि केपी शर्मा ओलीले नै चितवनमा गरेका सभामा पनि झण्डै ५० हजार मानिस भेला भएका थिए। त्यसबाहेक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सभा र केपी शर्मा ओलीका सभामा मानिसहरू चितवनमा भेला हुने गरेका छन्।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले केही वर्ष चितवनमा महाधिवेशन गरेको थियो। त्यसबखत पनि राम्रै राजनीतिक जमघट भएको थियो। तर सभामा ठूलो उपस्थिति देखिएको थिएन।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।