२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं: नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय नसच्याए अलग पार्टी बनाउने चेतावनी दिएको छ ।

बिहीबार नेपाल निकट १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय तत्काल  सच्याउन  माग गरेका छन् ।

ओलीले  एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।