सत्तारुढ दल नेकपाले दुई वर्ष भित्र ३२ लाख पार्टी सदस्य बनाउने ।
काठमाडौं । सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ। चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ। दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको छ। विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ। […]