कालीकोटको नरहरिनाथमा पहिरो जादा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु
कालीकोट — मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया […]