नेकपाको आन्तरिक मामिलाको कारण होइन,ओलीको कदम व्यवस्थाविरुद्ध नै लक्षित
काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम व्यवस्थाविरुद्ध नै लक्षित रहेको बताएका छन् । उनले अहिलेको राजनीतिक परिस्थिति नेकपाको आन्तरिक मामिलाका कारण मात्र सिर्जना नभएको दाबी गरे । ‘नेकपाको आन्तरिक मामिला होला, नेकपाका नेताहरूलाई तह लगाउन मात्र ओलीले यसो गरेका होलान् भन्ने नठान्नुहोस्,’ दाहाल–नेपाल समूहले राजधानीमा […]