नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २ सय ५८ पुग्यो !
काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना भाइरसको संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो । नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; […]