२०८२ बैशाख ७, आइतवार
  • Namaste Khabar १५ असार २०७६, आईतवार

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो ।
आइतबार पत्रकार सम्मेलन गरेर विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको हो । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएका छन् । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
नेपाली टोलीमा कप्तान खड्का सहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी,बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु