ब्राजिल । भेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हरायो । सेमिफाईनलमा अब उसले ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनाका लले दुवै गोलमा म्यानचेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो हाबी भए । खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । लियोनल मेस्सीको कर्नरमा अग्युरोले डिबक्स भित्रबाट प्रहार गरेको बललाई चलाखीपुर्ण तरिकाले मार्टिनेजले पोस्टको दिशा दिए ।
७४ औ मिनेटमा बैकल्पिक खेलाडी जियोवानी लो सेलोले गोलकिपरको गल्तीको फाइदा उठाउँदै अर्जेन्टिनाका लागि दोस्रो गोल गरेका थिए । अग्युरोको प्रहार गरेको बललाई गोलकिपरले क्लियर गर्न नसक्दा जियोवानीले गोल गर्न सफल भएका थिए ।