२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

एएफसी कप फुटबल प्रतियोगितामा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको लिग चरणको आफनो अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो । चेन्नईयिनको जितमा मोहमद राफीले दुई गोल गरे भने इला साबिया फिल्होले एक गोल थपे । राफी खेलको ५३ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै खेलको ६७ औँ मिनेटमा फिल्होले एक गोल गर्दै थप्दै चेन्नईयिनको अग्रता दोब्बर बनाए ।

मनाङका आफिज ओलाडिपोले दुई गरे । उनले दुई गोल गर्दै खेललाई दुई दुई गोलको बराबरीमा ल्याए पनि हार भने टर्न सकेन । मनाङका आफिजले खेलको ७१ र ७९औं मिनेटमा गोल गरेका थिए । तर खेलको ८८औं मिनेटमा चेन्नईयिनका रफीले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो टोलीको जित पक्का गरे ।

एएफसी कपबाट बाहिरिसकेको मनाङका लागि यस खेल प्रतिष्ठाको लडाइँ मात्र थियो । समूह इ मा रहेको मनाङले छ खेलबाट दुई अङ्क मात्र जोड्यो । जितसँगै चेन्नईयिनले ११ अंक जोडेको छ । उसले छ खेलमा तीन जीत, दुई बराबरी र एक हार ब्यहोरेको छ । समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।