२०८२ फाल्गुन २९, शुक्रबार
  • Namaste Khabar ७ वर्ष अगाडि

धादिङ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
प्रहरी चौकी बैरेनीका अनुसार, दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लगिदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।
प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले दुर्घटनामा १० जना घाईते भएको जानकारी दिए । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ ।

तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आइपुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु