२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

डिफेण्डिङ च्याम्पियन अष्ट्रलियाले विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । पछिल्लो खेलमा गएराति वेष्टईण्डिजलाई १५ रनले हराउँदै अष्ट्रेलियाले जितको श्रृङ्खला जारी राखेको हो । २ सय ८९ रनको लक्ष्य सहित जवाफी ब्यािटङमा उत्रिएको क्यारेबियन टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्यो । साई होपले ६८ र कप्तान जासन होल्डरले ५१ रन बनाएको ईनिङसमा निकोलस पुरनले ४० रन बनाएपनि टोलीको जितमा पर्याप्त बनेन् । उसलाई लक्ष्यसम्म पुग्न नदिन मिचेल स्टार्सले ५ तथा पाट कुमिन्सले २ विकेट लिए ।
यसअघि नटिङघममा पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा २ सय ८८ रनमा समेटिएको थियो । नाथन कोल्टर नेइलले ९२ र स्टेभन स्मिथले ७३ रन बनाएको ईनिङसमा एलेक्स कोरीले ४५ रनको योगदान गरे । वेष्टईण्डिजका कार्लोस ब्रेथवेटले ३ तथा सेल्डोन कोटरेल, ओस्हाने थोमस र आन्दे रसेलले समान २ विकेट लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।