२०८२ माघ २९, बिहिबार
  • Pramesh Tamu १७ घण्टा अगाडि

काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलबाट  डिफ्युजन नोटिस जारी गरिएको थियो ।

नोटिस जारी भएपछि उनी  फिलिपिन्समा लोकेट भएका थिए । पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई सहित १० जना हाई प्रोफाइललाई धम्की दिएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  

फेसबुक प्रतिक्रियाहरु