२०८३ असार १३, शनिबार
  • newsportal ३ वर्ष अगाडि

इजरायल र प्यालेस्टिन बिचको युद्धमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल सरकारले नेपाल  एयरलाइन्सको जहाज पठाउने भएको छ।

इजरायल युद्धमा फसेका नेपाल आउन चाहनेहरुलाई लिन नेपाल एयरलाइन्सको बिमान  बुधबार राति ११ बजे  उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो।

घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ।

पररा‍ष्ट्र मन्त्रालयका अनुसार चार हजार पाँच सय जना केयरगिभरको रूपमा र २६५ विद्यार्थी गरी  ४ हजार  ७६५ जना नेपाली इजरायलमा रहेको तथ्याङ्क छ ।

फेसबुक प्रतिक्रियाहरु