काठमाडौँ । श्रमस्वीकृतिको लागी घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता सजिलो र सरल बनाउन सरकारले अबदेखी संबन्धित मुलुबाटै श्रमस्वीकृति लिन सकिने निर्णय गरेको छ।
यसका लागि ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’ बन्न लागेको छ। श्रमिकले विदेशबाटै बैंकिङ प्रणाली र मोबाइल एपबाट नेपालका खातामा पैसा जम्मा गर्न सक्ने व्यवस्था समेत गरिने भएको छ। बुधबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट गरिएको यो निर्णयले श्रमिकले लामो समयदेखि झेल्दै आएका समस्या समाधान हुने बुझाई मन्त्रालयको छ।
‘मन्त्रालयले मूल्यांकन गर्दा श्रमिक कामदारको कार्य अवधि र भिषा अवधि छदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु परेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने लगाएत कामदारले धेरै झैझमेला मोल्नुपर्ने भएकोले सम्बन्धित मुलुकबाटै कार्य अनुमति/ रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेको जनाएको छ ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा भएकोपुन: श्रम स्वीकृतिको व्यबस्था हाल प्रभावकारी रुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको,पुन: स्वीकृति लिन पनिपुन: नेपाल आउनुपर्ने भएको रपुन: श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्दार लगायतका सुविधा कानुन वमोजिम उपलब्ध गराउन नसकिएको पक्षलाई ख्याल गरेको सचिव अर्याल बताउँछन्।
