२०८१ मंसिर ७, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाए । हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन गरेका थिए भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । तर हमालले वडलाई १२२९७ मतान्तरले पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा वडसँग हमाल २७९७ मतले पराजित भएका थिए ।

वडले १४३२४ मत ल्याँदा हमालको ११ हजार ५ सय २७ मत मात्र आएका थियो । गठबन्धनको साथ हुँदा पनि यसपटक वडले ०७४ मा पाएको मतभन्दा १७८ मत कम पाए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश धनगढीमा हमाल निर्वाचित काँग्रेसलाई ठूलो धक्का लागेको छ ।

देउवा पत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणाको निर्वाचन क्षेत्र रहेको हमालको जित संघीय चुनावका लागि थप चुनौती बनेको छ । राणा गत निर्वाचनमा एमाले उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

गत निर्वाचनमा मेयर उपमेयर जितेको काँग्रेसले यसपटक दुवै पद गुमाएको छ । उपमेयरमा गठबन्धनलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।