२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटघाटपछि राजनीति अघि बढेको कांग्रेसका एक नेताहरुले दाबी गरेका छन्।

‘दुबै नेताबीच अहिलेको राजनीति र एमसिसीलाई निकास दिन लगभग सहमत हुनुभएको छ भने सत्ता साझेदारीको  भएको बुझिएको छ । प्रधानमन्त्री देउवा  संसदबाट  एमसिसी सम्झौता अघि बढाउनेमा दृढ देखिएका छन्। त्यसका लागि उनले भरसक गठबन्धनभित्रै सहमति गराउन लामो समयसम्म प्रयत्न गरिराहे पनि सफल हुन सकेको छैन ।

गठबन्धन सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नराखौं पछि सहमति गरेर एमसिसी पास गर्ने हो भनेपछि देउवा सहमत भएका थिए। ‘पछिल्लो ६ महिनामा एमसिसीको पक्षमा प्रचण्डलाई सहमत गराउन प्रधानमन्त्री देउवाले धेरै प्रयत्न गर्नुभयो। हिजोसम्मको प्रत्यन्नले त्यो सफल हुने नदेखिएपछि उहाँ अघि बढ्नु भएको हो,’ नेपालि कांग्रेसका एक नेताले  भने।

प्रचण्ड कुनै पनि हालतमा एमसिसी पास गर्ने दिशामा अघि बढ्न सक्दैनन् भन्ने निष्कर्षमा कांग्रेसको शीर्ष नेतृत्व पुगेको पनि उनले बताए।

‘प्रचण्ड र माओवादी केन्द्रको सम्बन्धको जुन अन्तर्राष्ट्रिय आयाम छ र पार्टी पंक्ति जसरी एमसिसीविरूद्ध एकतावद्ध छ त्यसकारण प्रचण्डले जति वाचा गरे पनि एमसिसी पारित गर्ने अन्तिम समयमा त्यसका पक्षमा उनी उभिने छैनन् भन्ने हाम्रो निष्कर्ष हो,’ ती नेताले भने।

यही निष्कर्षका साथ प्रधानमन्त्री देउवा हिजो राति केपी शर्मा ओलीलाई भेट्न बालकोट गएको उनले बताए। उक्त भेटको परिणाम आज-भोलि नै देखिन्छ,’ उनले भने। बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो।  बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।

उक्त  बैठकले एमसिसी अहिले संसदमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताए। ‘पेस गर्ने नै हो भने पनि पहिला संसद सुचारू हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ खनालले भने,‘कुन कानुनअनुसार एमसिसी संसदमा पेस गर्ने हो भन्ने पनि अहिले स्पष्ट छैन भन्ने हाम्रो धारणा छ।’

यो गठबन्धन लिएर एमसिसी पास गर्न सकिन्न भन्ने कांग्रेसको निष्कर्ष र आज बिहान खुमलटारमा भएको तीन दलको निष्कर्षले गठबन्धनको समय सकिएको संकेत गर्छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।