काठमाडौं: रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्रि पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालको प्रारम्भिक चरणमा लज्जास्पद मत् प्राप्त गरेपछि राजिनामा घोषणा गरेका हुन् ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् । भने मीनेन्द्र रिजालले ५४६ मत मात्र पाएका छन् ।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021