२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन् ।

शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई चुनौती दिएका हुन् । माओवादी केन्द्रसंग एकता हुँदा पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले पोखरेलले २०७४ सालमा अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीले आरोप लगाए ।

समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप लगाउंदै चौधरीले पोखरेललाई जनताले आगामी निर्वाचनमा हराइदिने बताए । एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जना आफ्नो पार्टीमा प्रवेश गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।