२०८१ मंसिर ७, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

जापान सरकारले ओमिक्रोन भेरियन्टको सम्भावित खतरालाई  रोक्न  नयाँ विदेशी आगमनमा प्रवेश प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ । यसले विदेशी विद्यार्थीहरू, व्यवसायिक व्यक्तिहरू र प्राविधिक प्रशिक्षार्थीहरूका लागि हालैका उपायहरूको सहजतालाई असर पर्ने देखिन्छ ।

प्रधानमन्त्री किशिदा फुमियोले  भने, “मैले आपतकालीन उपायका रूपमा मंगलबारदेखि संसारभरका विदेशीहरूका लागि प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छु।  नराम्रो अवस्था नआओस् भन्ने हाम्रो लक्ष्य छ।” यो  निर्णय  कायम रहनेछन  जबसम्म  विशेषज्ञहरूले भेरियन्ट कत्तिको गम्भीर छ भनेर राम्रोसँग बुझ्दैनन्।

सरकारले ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको दर्जनभन्दा बढी ठाउँबाट जापानी नागरिकलाई समेत स्वदेश आउन प्रतिबन्ध गरेको  छ । अरु मुलुकबाट जापान प्रवेश गर्ने  यात्रुहरूलाइ  समेत  आगमनमा कडाइ गरेको छ । जापान आउने अत्रुले   धेरै दिनसम्म तोकिएका क्वारेण्टिनमा बस्नु पर्नेछ ।

जापानको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजले डब्ल्यूएचओको नेतृत्वलाई पछ्याउँदै ओमिक्रोनलाई “”variant of concern.” भनेर वर्गीकरण गरेको छ। यो भाइरस  अधिक संक्रामक हुन सक्ने हुनाले सबैलाई  सतर्क रहन आह्वान समेत गरेको छ ।

 

https://www.facebook.com/Prameshgg/
Pramesh Tamu

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।