२०८१ कार्तिक ३०, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ।

यसअघि किताब प्रस्तावित गरिएकोमा अब कलम चिन्ह हुनेछ । स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो ।

राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा (एस)मा ल्याउन लागिएको हो ।

यसैबीच नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको टुंगो लगाएको हो । केन्द्रीय सचिवालय महासचिव बेदुराम भुसालको नेतृत्वमा ११ सदस्यीय हुनेछ । केन्द्रीय कार्यालयमा पनि महासचिव भुसालको नेतृत्वमा ५ जनाको हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना