काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद बताए । उनले भने– ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’
देश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
साइकल खरिदबारे सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगका प्रवक्ता रिसालले बताए ।
साइकल खरिदबारे सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगका प्रवक्ता रिसालले बताए ।