२०८१ मंसिर ९, आइतवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

देउवाको सचिवालयले दिएको जानकारीअनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री देउवाले पत्र पठाएर सिफारिस गरेका हुन्। खड्काको आजै सपथग्रहण गर्ने कार्यक्रम छ। खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए। उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन्।

खड्काले अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनले केही समय कृष्णप्रसाद भट्टराईको सल्लाहकार पनि भएर काम गरेका थिए। उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्।आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका  प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।