माधब नेपालको साथ छाडेपछि नेकपा एमालेका प्रभासाली नेता भिम रावलको सक्ति क्षय हुन थालेको छ । आफु निकटका बिस्वाश पात्रहरुले एक पछि अर्को गर्दै छाड्दै गएपछी रावललाई झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् ।
उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर विर्मलादेवी बुढ्थापाले आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताएका छन् । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत थिए ।
नगर प्रमुख कुँवर र उपप्रमुख बुढ्थापासँगै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एकीकृत सामाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए ।एमालेका जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले नेकपा एस रोजेपछि रावलले अछाममा ठूलो शक्ति गुमाएका छन् ।
सुदूरपश्चिम प्रदेश हुँदै रावलले गृह जिल्लामा पनि धक्का लागेको हो । तत्कालीन माधव नेपाल समूहमा हुँदा रावललाई साथ दिएका ५० प्रतिशत बढी अछामका कार्यकर्ताले साथ छोडेको दावी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा १७ मध्ये ४ सांसद मात्र रावलको पक्षमा उभिएका थिए । एमालेमा केपी ओली र माधव नेपाल कित्ता छुटिँदा १३ सांसद रावलले गुमाउनु परेको छ ।