सत्तारुढ गठबन्धन दलको मन्त्रालयको भागबण्डा मिलेको तर, मन्त्रिपरिषद् विस्तार भने भदौ १३ पछि घकेलिएको छ ।
सत्तारुढ गठबन्धनमा सम्वद्ध दल जसपाको कारण मन्त्रि बिस्तार भदै १३ सम्म धकेलिएको बताइएको छ । एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई समेत सरकारमा जाने बाटो खुलेको छ ।
गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।
२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले बताएको छ ।
माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको हो ।