२०८१ माघ १८, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओलीलाई अध्यक्ष मान्न नसकिने भन्दै  राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेको हो ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय गरेको बताएको छ ।  ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले  भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’ उहाको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु