२०८१ माघ १८, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

पछिल्लो समय एमालेको तेस्रो धार भनेर चिनिएका पूर्व माधब नेपाल समुहका ९ जना स्थायी समिति सदस्यहरुलाई पूर्व माओवादी नेताहरुले स्वागत गरेको छ ।

नेकपा एमालेलाई २०७५ साल जेठ २ मा फर्काउने सहमति भएपछी पार्टी एकता गर्न तयार भएको एमालेका तेस्रो धारका नेताहरुले बताएपनि यथार्थमा त्यो नरहेको बताइन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिम रावललाई दोस्रो अध्यक्ष बनाउने भद्र सहमति बनेपछि ओली प्रति नरम बनेका रावल अन्तमा माधब नेपाललाई पाखा लगाएर आफ्नो क्रान्तिकारी अडानलाई त्याग्दै  ओली गुटमा समाहित भएको छ ।

पार्टी  एकताको लागि १० बुदे कार्यन्वयन गर्ने कुरामा सहमति भएपनि ओलीको ब्यबहारमा त्यो देखिन्दैन । १० बुदे सहमतिमा पार्टीलाई २०७५ जेठ दुइको स्थितिमा फर्काउने, सबै जना बर्गीय संगठनहरुलाई सोहि स्थानमा पुनर्स्थापना गर्ने, पछि माओबादीबाट प्रवेश गरेका नेताहरुलाई केन्द्रिय कमिटिको छलफल बाट उपयुक्त जिम्मेवारी दिने निर्णय भएपनि  तेस्रो धार भनिने नेताहरुलाई एमालेमा स्वागत गर्ने बादल लगाएतका  पूर्व माओबादि नेताहरुनै अग्र पंतिमा  थिए ।

एमालेका तेस्रो धारका नेताहरुलाई स्वागत गर्दै पूर्व माओबादी नेताहरु

योसंगै यसअघि खरो क्रान्तिकारी, राष्ट्रबादी छबि बनाएका, बिचार र सिदान्तमा स्पस्ट नेता भनेर चिनिएका भीम रावल, बैचारिक र भिजन भएका रुपमा चिनिने  घनश्याम भुषाल,  सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली ‘ योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य हरुको सबै मुखुण्डो च्यातिएको छ । भिम रावलले त  आफु दोस्रो तहको उपाध्यक्ष बन्न माधब नेपाललाई पाखा लगाउन ठुलो षडयन्त्र रचेको समेत चर्चा छ ।

तेस्रो पुस्ताले माधव नेपाललाई सुरुदेखि नै जसरी साथ दिएका छन् उनीहरुनै सफल देखिन्छन् । तर, तेस्रो पुस्ता र माधव नेपालले आफ्नो ढुलमुलको छवि सुधार्न यस पटक पर्याप्त मौका पाए र पास भए । तर, दोस्रो पुस्ता ढुलमुलले एमालेलाई कसरी गोलचक्करमा फसाएको रहेछ भन्ने प्रमाणित भएको छ  । अन्ततः दोस्रो पुस्ताले बैचारिक रुपमा आफैं आफूलाई समाप्त गरेका छन् । कार्यकर्ता र जनतालाई २ जेठको भ्रम छरेर ओली समुह जो आफैले प्रतिगमनकारी, स्वएच्छाचारी, कम्युनिष्ट बिसर्जनाबादी, संबिधान बिरोधि आदि आदि भनेका ओलीको टाँङ्ग मुनि छिरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु