२०८१ मंसिर २०, बिहिबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लवसँगै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला केही सहयोगीका साथ बुधबार खुमलटार पुगेका हुन् ।

प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको दाबी छ । प्रचण्ड निकट स्रोतका अनुसार कम्युनिस्ट ध्रुविकृत गर्ने विषयमा प्रचण्ड र विप्लवबीच कुराकानी भएको हो ।

केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएर  ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको भएपनि   ओलीले सम्झौता कार्यान्वयन नगरेको भन्दै विप्लवले आपत्ति जनाउँदै आएका छन् ।

ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो । सोही अनुसार तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रचण्ड र विप्लवबीचको भेटमा नेता बाँस्तोलासँगै डिबी बराल, पूर्वमाओवादी बाल सैन्य संगठनका अध्यक्ष लेलिन विष्टलगायत खुमलटार पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।