काठमाडौं: नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन ।
झाक्री करिब प्रहरीको पक्राउ पछि साढे ५ घण्टा नबित्दै साँझ रिहा भएकी हुन् । व्यापक दबाब र वाक स्वतन्त्रको पक्षमा नागारिक अवाज उठेपछि ओली सरकार बाध्य भएर झाक्रीलाई रिहा गर्न बाध्य भएका हुन् ।
राष्ट्रपतिबारे बिबाबित अभिव्यक्ति दिएको भन्दै रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।
उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ । प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो ।
झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन् । उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।