२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोडेल तथा मिस मंगोल २०१८ का बिजेता ज्याङ्मु एन शेर्पासँग विबहा गर्ने भएका छन्। शेर्पा मुख्यमन्त्री राइभन्दा २५ वर्ष कान्छी हुन् । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। आफूभन्दा उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको हो । जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

प्रारम्भीक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्।राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

२०७५ साल चैत २५ गते बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नाम जुराएपछि मात्रै बिहे गर्ने वाचा गरेका थिए। राईले भने अनुसार प्रदेश राजधानी विराटनगर कायम भएको छ तर प्रदेशको नाम अझै जुर्न सकेको छैन।

फेसबुक प्रतिक्रियाहरु