२०८१ मंसिर १०, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमान्डौ: संसद बिघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध बिद्यार्थी संगठन अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ ।

‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर सहित अनेरास्वबियुले लाल्टिन जुलुस  प्रदर्शन गरेको हो  । जुलुसमा असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

काठमान्डौ लगाएत विभिन्न ठाउमा अनेरास्ववियुले लाठि, सिटि तथा लाल्टिन जुलुस निकालेको छ  । सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको भन्दै ओली आफैले धारा बनाएर संसद विघटन गरेको बताए । उनले असंवैधानिक कदम सच्चाउन चेतावनी दिँदै ओली नेतृत्वका सबै मन्त्रीलाई कालो मोसो लगाइने बताए । उनले ओलीले प्रतिगामी कदम नसच्चिए आगामी पुस २६ गते केपी ओलीलाई बयलगाडामा राखेर अमेरिका पठाउने समेत बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।