प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरुद्ध नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपालले देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
राष्ट्रिय युबासंघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्रीको उक्त असंबैधानिक कदमको विरोधमा सडकमा उत्रिन युवाहरुलाई आग्रह गरेको छ ।
सघका अनुसार आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । ‘संसद बिघटन गर्नु संसदीय सर्वोच्चता र जनताको अभिमतको अपमान हो । प्रधानमन्त्रीको यो कदमलाई संघर्ष गरेर सडकबाट फिर्ता गरिन्छ । अर्को उपाय भनेको कानूनी बाटो खोजिन्छ । ओलीलाई यहाँभन्दा थप निरङ्कुश हुन दिनेछैनौँ ।’ संघका अध्यक्ष सापकोटाले भने, आजै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्र तथा बाहिरबाट चौतर्फी विरोध भइरहेको छ ।