प्रचण्डले प्रस्तुत गरेको राजनितिक प्रतिबेदनको जवाफ दिदै केपी शर्मा ओलीले आर्का अध्यक्ष प्रचण्डमाथि प्रश्नै प्रस्नको बर्षा गरेको छ |
ओलीले १० दिन लगाएर तयार पारेको राजनीतक प्रस्ताबमा प्रचण्डलाई चुनौति दिँदै भनेका छन्, ‘तपाईंलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’
ओलीले प्रचण्डलाई आरोप लगाउदै भनेका छन ‘प्रचण्डले पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीत प्रस्ताव ल्याएको भन्दै ओलीले यसबाट देशैभरि चिन्ता फैलिएको उल्लेख गरेका छन् ।
ओलीले भनेका छन्, ‘तपार्इंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।