२०८१ फाल्गुन १७, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ: मंगलबार साँझ एका एक सामाजिक संजालमा कुलमान घिसिङलाइ बधाई तथा शुभकामना दिनेको बाढी नै आयो । राष्ट्रिय मुलधारका मिडिया देखि कालाकार, राजनीतिज्ञ तथा सर्बसाधारण प्राय सबैले कुलमान घिसिङलाइ बधाई दिए । सबैले खुसी ब्याक्त गर्नुका साथै सरकारको तारिफ समेत गरे। नगरुन पनि कसरि दैनिक १८ घण्टा लोड सेडिङ् झेलिरहेको  जनतालाई कुलमान घिसिङकै पालामा लोड सेडिङ्  मुक्त भएको थियो ।

कसरि बाहिरियो हल्ला ? 

मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट एक समाचार  पोष्ट भयो जुन  घिसिङको  पुनर्नियुक्तिको समाचार थियो र त्यो  भाइरल बन्न पुग्यो ।हाल त्यो फेक  @kulman_ghising7 नामक ट्वीटर बन्द भएको छ । उनै फेक   ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरे |

संजालमा आफुलाई बधाई दिनेको ओइरो लागेपछि कुलमान घिसिंङले उक्त प्रकासित समाचार फेक रहेको जानकारी दिएको छ । समाचारलाई स्पष्ट पार्दै घिसिङले  भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु ।

मेराे फेक अकाउन्ट खाेलि विभिन्न समाचारहरु सम्प्रेसन भएकाेले मेराे याे वाहेक कुनै अरु अाधिकारिक अकाउन्ट नभएकाे जानकारि गराउदछु ।

Posted by Kulman Ghising on Tuesday, August 25, 2020

 

यसगरी  ऊर्जामन्त्री वर्षमान पुनले समेत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको स्पष्ट पारिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु