हाम्रो समाजमा दिन दिनै आफ्नो धर्म र मानतबा छाडेर कु कर्मतिर लम्की रहेने मान्छेहरुको कमि छैन। यत्ती कुरा थाहा पाउन अन्त कतै जानू पर्दैन दैनिक एक घन्टा सोसियल मेडिया खोले पुग्छ। त्यहा देखिने र पढिने हरेक अमानवीय ढङ्गबाट गरिने क्रूर ब्यबहार, हत्य, हिंसा आदि आदि हुन।
यसले के पुष्टि गर्छ भने अब मानबता हराउदै गएको छ भन्ने हो। झन कसैले आफ्नो लागि राम्रो सोची दिन्छ भन्ने कुरा त कल्पना भन्दा बाहिरको कुरा हो। तर पनि समाज मा अहिले पनि त्यस्ता मान्छेहरु रहेछन जो अरुको जीवन रक्षाको निम्ति केही कुराले पनि छेक्दो रहेनछ। यस्तै भएको छ स्थाई घर सोलुखुम्बु हाल माप्य दुधकोशी गा पा २ भै हाल साखुमा डेरा गरि बस्ने दिल कुमार राई र पुर्णी माया राई दम्पती।
सामान्य जीवन शैली हसिलो र सरल व्यवहार देखिने यी जोडिको अनुहार जत्ती हसिलो छ त्यो भन्दा बढी मन सफा रहेछ। सामान्य जीवन शैली देखिए पनि दिल कुमार राई र पुर्णी माया राई दुबैले स्नातकोत्तर गरेका हुन भने दिल कुमार राईले पर्यटन र समाज सास्त्रमा दोहोरो स्नातकोत्तर गरेका थिए भने अब कृषीमा स्नातकोत्तर गर्ने तयारिमा हुनुहुन्छ।
शिक्षित परिवार भएको उहाहरुको महान हृदय कै कारण यसपाली गाउकै एक १६ वर्षिय दिनेश राईले नया जीवन पाएका छन। करिब आज भन्दा ७ महिना अगाडि आफन्त सङ्ग पहिलो पटक काठमाडौ छिरेका दिनेश राई सामान्य परिवारका किशानको छोरा हुन। गाउँ घरमा सामान्य जीवन शैलीका राई गाउबाट ल्याएको थोरै रकम त्यो पनि कहिले बसुन्धारा तिर गेस्ट हाउस तिर बसेर खादा त कहिले साथिहरुको रुम तिर सरि हिड्दा सकि सकेको थियो तर आफु भने क्यान्सर बिरामी भएर उपचार गर्न तम्सिएर गाउँ देखि आएका थिए।
अब गाउबाट ल्याएको पैसा समेत सकि सकेको र गाउका कोहि पनि अग्रज आफन्तहरुको सम्पर्कमा नरहेका राई अब क्यान्सर उपचार भन्दा पनि कसरी गाउँ पुग्ने भन्ने मात्र चिन्ता थियो। त्यही बेला उनको जिवनमा भगवान बनेर प्रकट भए यी दम्पती जोडि।
कसैको कुभलो नचिताउने अनि अरुको दुख देख्न नसक्ने यी जोडिले यो कुरा सुन्ने बित्तिकै ती भाईको खोजिमा निस्किए र आफ्नो डेरामा ल्याई छाडे र उपचार सुरु गर्न थाले। उपचार सुरु गरेको केही दिनमा नै लकडाउन सुरु भए पछि थुप्रै चुनौती आए पनि उपचारमा कुनै कमि गरेनन।
दैनिक जसो केमो र रेडियो थेरापीद्वारा उपचार गरेका राईले साखु देखि दैनिक भक्तपुर क्यान्सर अस्पताल मात्र धाएनन आफैले घरमा पनि ५० थरी भन्दा बढी खानेकुराको आईटम ल्याएर फुड थेरापी सुरु गर्दिए। लकडाउनका कारन बाहिर निस्किने अवस्था नहुदा पनि त्यस्ता खाने कुरा जम्मा गर्नकै लागि नपुगेको ठाउँ नै छैन, मुसुक्क खाने कुरा देखाउदै दिल कुमार राई भन्नू हुन्छ।
लामो समयको दौढधुप, र २४ सै घन्टा बिरामीको सेवामा नै जीवन समर्पन गरेका यी जोडिले अन्तत बिरामी निको पारेरै छाडे। अझ उहाँ थप्नु म सङ्ग नि पैसा कहाँ थियो र उपचार गर्न उसको अभिभावकसङ्ग माग्ने अवस्था छैन। कत्तीसङ्ग पैसा मागेरै उपचार गरिदिए।
उपचारमा कति खर्च भयो त्यसको त हिसाब नै छैन। आफ्नो भएको खर्च नि त्यत्तै गरियो खर्चको भन्दा पनि उपचारमा मात्र ध्यान थियो। धेरै बिदेश र स्वदेश बस्नु हुने नेपालीहरुले सहयोग गर्नु भएको छ। त्यो भन्दा बाहेक गाउँ पालिकाबाट ५० हजार सहयोग रकम पनि आएको बताउनु हुन्छ।
यसरी निस्वार्थ रुपमा अनेकौ समस्याका बदजुद पनि आफै बा आफै आमा भएर अरुलाई नया जीवन दिएर बिरामिलाई निको पारी घर पठाएका दम्पतिले समाज सेवामा अदितिय योगदान दिदै आउनु भएको छ। छरछिमेकका केहिलाई आफै सङ्ग राखेर अध्ययन मा सहयोग गरि धेरैलाई त आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाएको पनि थुप्रै उदाहरण छन। सबैले उहाहरुबाट कर्म गर्न सिकुन र उहाहरु हामी सबैको प्रेरणाको श्रोत हुन।
दिलकुमार राई समाजसेवि मात्र नभै कृषि बिज्ञ पनि हुन। कृषीमा अध्ययन मात्र गरेनन उनले केही समय अगाडि टाईलको रुपमा साखु मै १६ रोपनी जग्गा लिए कृषि गर्नु भएको थियो। अहिले ५ वर्षको साखुमा गर्नु भएको अनुभव र आफ्नो अध्यनको हिसाबले अब उहाँ कृषि क्रान्ति जरुरि रहेको औल्याउनु हुन्छ।
अब बाजो वारि नराखौ कृषि गरौ भन्ने उद्देश्यले आफुले सिकेका र जानेका कुरा कृषकको जीवन परिवर्तनको निम्ति लाग्ने बताउदै कृषि क्रान्तिको लागि सबैलाई आह्वान गर्नु हुन्छ। उहाको सबै मनोकाना पूरा होस हाम्रो पनि शुभक