२०८१ फाल्गुन १७, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौँ : नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले राष्ट्रिय झन्डा जलाइ म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित ९ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

ग्याल्जेनले मंगोल हप युट्युब च्यानल मार्फत सार्वजनिक गरेको ‘देशद्रोही’बोलको गीत र भिडियोको संजालमा चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाउनुको साथै कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।

मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु