काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीको मटिहानी नगरपालिका-६ का एक ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको हो। उनको रामजानकी अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी क्षयरोग र मधुमेहबाट पीडित थिए।
सँगै धनुषको मिथिला नगरपालिका-७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते मृत्यु भएको छ। उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनी निमोनिया, खोकी र स्वासप्रश्वासको समस्याबाट ग्रसित भएको मन्त्रालयले जनाएको छ।