२०८१ फाल्गुन १७, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

विराटनगर : भ्रष्टाचारविरुद्ध खरो रुपमा चिनिदै  आएको  श्रम तथा रोजगार कार्यालय विराटनगरका  प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

उनीहरु दुबै करारका कर्मचारी हुन् | कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको र किन संजेल माथि कुटपिट भयो छानबिन भैरहेको छ। प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु