२०८१ फाल्गुन १७, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापालाई  सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता प्रदान गरेका थिए |

थापाले  नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका छन् ।  मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।

आफ्ना बुबा सूर्यबहादुर थापाले लोकतानित्रक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएको भन्दै उनले राप्रपाले त्यो बाटो भुलेकाले कांग्रेस प्रवेश गरेको दावी गरे ।

फेसबुक प्रतिक्रियाहरु