नेपाल तरुण दल तिलोत्तमा नगर समितीले मिती २०७५ असोज १९ गते बुझाएको माग अनुसार बुटवल बेलहिया ब्यापारिक मार्गमा पर्ने सडकको दुवै लेनमा ग्रिनरी जोन , बिधुतिय सडक बत्ती , आकाशे पुल लगायतका कामहरु सम्पन्न भएकाले श्रावण ४ गते आयोजना प्रमुखलाई धन्यबाद ज्ञापन पत्र बुझाएकोछ ।
साथै बुद्द परिपथको मणिग्राम , मोतीपुर , फर्साटिकट सडक खण्डको तिनाउ नदी पुल लामो समय देखी प्राबिधिक कारण सम्पन्न नभएकोमा यथासिध्र काम सम्पन्न गर्नका लागि ध्यानाकर्षण गराएको थियो ।
साथै योजना प्रमुख ई. मेघराज मरासिनी ज्यूले १०-१५ दिन भित्रमा जोगीकुटी देखी ड्राईभरटोल सम्मको सडकमा जोडीएका सोलर बत्तीहरुलाई बिद्युतिय बत्तीमा परीमार्जिक गरिने जानकारी दिनु भयो र कोटीहवा देखी बेलहिया सम्मको सडक खण्डको बत्तीको कार्य पनि छिट्टै सम्पन्न हुने जानकारी दिनु भयो ।