काठमांडौ: प्रधानमन्त्रिको अभिब्याक्तिलाइ लिएर तिब्र आलोचना र झन्डै फुटको संघारमा पुगेको नेकपा बिबाद तत्काललाइ टरेको र अब नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको नेताहरूले बताएको छ ।
ओली र दाहालको एउटै आसयपुर्ण अभिब्याक्तिले हतारमा निर्णय नगर्ने बिवाद हल गर्न धैर्य र संयम चाहिने बताएका थिए भने शनिबार दाहालले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा नरहेको बताएका थिए । ओली र दाहालका एक दिनका अन्तरमा एउटै आशयका अभिव्यक्ति आउनु संयोगमात्र होइन । यसको अन्तर्यमा राजनीतिक सन्देश छ जस्तो देखिन्छ । घटनाक्रमले पनि त्यहीँ भनिरहेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, उनका विश्वास पात्र मानिएका नेता र अध्यक्ष दाहाल निकट नेताहरुले ‘आत्मविश्वास’ का साथ पार्टी विभाजनको संकट टरेको बताएका छन् ।
प्रधानमन्त्रीको नरम अभिव्यक्ति आउनु अगाडि उनका विश्वास पात्र मानिएका प्रदेश–५ का मुख्यमन्त्री एव स्थायी कमिटी सदस्य शंकर पोखरेलले त पार्टी विभाजनको दुर्घटना टरेको बताएका थिए । ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्र बुटवल फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रिया अघि बढाउन भूमिका खेल्नु हुने सबै धन्यवादको पात्र हुनुहुन्छ,’ मुख्यमन्त्री पोखरेलले बुटवल पुगेर सामाजिक सञ्जालमार्फत विकसित राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए।
र, उनले पार्टी विवाद समाधानका लागि सूत्र अगाडि सारे, ‘पार्टी एकताले नै आजको शक्तिआर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकता रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौं । निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन । धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौं । बेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन ।’
मंगलबार ओली र दाहाल संवाद हुँदा सहभागी चारमध्ये एक नेता पोखरेल पनि हुन् । त्यही संवादमा सहभागी दाहाल निकट अर्का नेता जनार्दन शर्माले पनि पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताए । ‘आज फेरि अँध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको विपतबाट पार पाउन नयाँ सिराबाट काम थालौं ।’