काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपाल भित्र एमसीसी बारे विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो ।
एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच सुझाव दिएको छ । जसपा नेपालको विभिन्न २१ वटा देशमा रहेको पार्टी संगठनको यो प्रवास संगठन हो । यो संगठनले एमसीसीका बारेमा अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।