

लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी । बाढीका कारण नदी आसपासका बस्तीहरु उच्च जोखिममा रहेका छन् ।

अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने पुल ।
अविरल बर्षासँगै नारायणी नदीमा आएको बाढीको दृश्य ।
पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ ।
अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढ्दा देखिएको दृश्य । पोखरा महानगरपालिका–१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ । यसले गर्दा आसपासका बस्ती जोखिममा परेको छ ।
अविरल वर्षा कारण जोखिम बढेको भन्दै विपद् प्रतिकार्यका लागि प्यूठान नगरपालिका– ४ विजुवारस्थित झिमरुक नदीमा डेमो गर्दै सशस्त्र प्रहरी र नेपाली सेना । संयुक्त फौजले नदीमा बाढी र पहिरोले बगाइरहेका र अप्ठ्यारोमा अड्किरहेका नागरिकको उद्धार कसरी गर्ने भन्ने विषयमा अभ्यास गरेको छ ।
तस्वीर साैजन्यः रासस