२०८१ फाल्गुन १९, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

चितवन :  सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनको बाढी ग्रस्त क्षेत्र निरीक्षण गरेका छन् । नारायणी नदीले कटान गरेको प्रचण्डले भरपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा शुक्रबार बाढीले भत्काएको बाँधको अवलोकन गरेका छन्।

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे बुझ्दै प्रचण्डले क्षतिको बारेमा  प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराउने आश्वासन स्थानीय र बाढी पीडितलाई दिएका छन्। सँगै प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताएका छन्।

प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले बताएका छन् । शुक्रबार नारायणीले कटान गरेको क्षेत्रको शनिबार निरीक्षण गर्दै उनले तत्काल अस्थायी समाधानको काम भइरहेको बताएका हुन् ।

चण्डले आफू निर्वाचितपछि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथको काम अघि बढेको र अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार भएको बताए । उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको प्रष्ट पारे । बजेका लागि अर्थमन्त्रालयसँग कुरा भइरहेको उनको भनाइ छ ।  प्रचण्ड त्यहाँको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर मेघौली र माडीमा समेत अध्यक्ष दाहालले निरीक्षण गरेका छन् |

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसँगको द्वन्द्व चर्किदै गएपछि नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार र राहतमा लाग्न समग्र पार्टी पंक्तिलाई अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रियाहरु