२०८२ फाल्गुन २७, बुधबार
  • Pramesh Tamu ६ वर्ष अगाडि

काठमान्डौ: ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्य एक छाड्नु पर्ने निर्णय  नेकपाको जारी स्थायी कमिटी बैठकले गर्ने भएको  छ ।

सचिवालयका ६ सदस्यसहित स्थायी समितिका ३० भन्दा बढी सदस्य सहभागी बैठकले ओलीविरुद्ध एकताबद्ध भएर अघि बढ्ने निर्णयमा गरेसँगै ओलीमाथि एक पद छाड्नु पर्ने  थप दवाव बढेको छ ।

ओलीलाई प्रधानमन्त्री पदबाटै हटाउन सक्ने स्थायी कमिटिको हैसियत देखेपछी  बिहीबार बिहान ओली  केही लचक हुँदै पार्टीभित्रको सन्तुलन मिलाएर अघि बढ्न सहमत भएका छन् । दुबै पक्षलाई ‘विनविन’ को माहोल बनाउने गरी बिहीबार बि हान प्रचण्ड निवासमा बसेको बैठकले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा  आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र उठेको  अन्तरविरोधले अहिले  चरम रुप  लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु