hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमान्डौ: नेकपा भित्र  सत्ता संघर्ष चलिरहेको बेला नेकपा एमाले दर्ताको तयारी भन्ने हल्लाले अहिले बजार तताएको छ ।

स्थायी कमिटी बैठक बसिरहेकै  बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल   दर्ताको तयारि रहेको र यो कसको निर्देसनामा भयो भन्ने नेताहरुको प्रश्नले   बैठकको एजेण्डा नै  प्रभावित भएको छ । जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको आरोप समेत लागाए।

बैठकमा गौतमको भनाइ थियो, “एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो” । एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर सुरुमा  प्रचण्डले  प्रश्न गरेका थिए ।

उत्तरमा प्रधानमन्त्री ओलीले  दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको र  आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए । ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै ओलीले बैठकमा जवाफ दिएका थिए  ।

झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु