२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

एजेन्सी । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो ।

 

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  स्रोतः दैनिक भास्कर

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।